समाचार
भेनेजुएलामा सैनिक हेलिकप्टर दुर्घटना, सातको मृत्यु
काराकास, २२ बैशाख । भेनेजुएलाको राजधानी काराकासको बाहिरी इलाकामा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा सात जना सैनिक अधिकृतको मृत्यु भएको राष्ट्रपति निकोलास मदुरोले बताउनुभएको छ ।

उक्त हेलिकप्टर राजधानी काराकासबाट उत्तर पश्चिमको सान कार्लोसतर्फ उडेको थियो । राष्ट्रपति मदुरोले ट्वीट गर्दै सात सैनिक अधिकृतको निधनले राष्ट्रलाई नै अपूरणीय क्षति भएको बताउनुभयो ।


