समाचार

भुम्लुको माटो सम्झँदै भावुक बने बदन भण्डारी

माघ १० शनिबार ,२०८२
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा उम्मेदवार बदन कुमार भण्डारी शनिबार भावुक बन्नु भएको छ। भुम्लु गाउँपालिकाबाट काठमाडौंमा रोजगारी तथा अध्ययनका सिलसिलामा बसोबास गर्दै आएका भुम्लुबासीहरूसँगको भेटघाटका क्रममा उहाँ भावुक देखिनु भएको हो।

काभ्रेको कोशीपारी क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारको टिकट पाएपछि मतदाताहरूले देखाएको माया र साथले आफूलाई अत्यन्तै भावुक बनाएको भण्डारीले बताउनु भयो। उपस्थित मतदाताहरूको माया र समर्थन देखेर उहाँका आँसु थामिन सकेनन्।

भण्डारीले भन्नु भयो, “भुम्लुको माटोमा जन्मिएको छोराले प्रतिनिधिसभाको उम्मेदवार बन्ने अवसर पाउनु आफैंमा ठूलो गर्वको कुरा हो। मतदाताले देखाउनुभएको अगाध प्रेम र विश्वासलाई म सधैं सम्मान गर्नेछु।”

उहाँले भुम्लुका आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको साथ र समर्थन रहेको उल्लेख गर्दै पवित्र भिमसेनको आशिर्वादले आफूलाई थप ऊर्जा दिएको पनि बताउनु भयो। “यही माया र आशीर्वादका कारण म हर्षका आँसु थाम्न सकिनँ,” भण्डारीको भनाइ थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *