समाचार

विदेशबाट टेलिभिजन सेट ल्याउने व्यवस्था रोक्न माग

काठमाडौं : वैदेशिक रोजगारीमा जानेले हाल ३२ इन्चको टिभी ल्याउँदा कुनै किसिमको कर तिर्नु नपर्ने व्यवस्था छ।तर उक्त व्यवस्थालाई आगामी आर्थिक वर्षको बजेटमार्फत हटाउन माग भएको छ। विदेशबाट आउने टेलिभिजन रोक लगाई नेपालमा नै उत्पादन हुने टेलिभिजन एयरपोर्टमा नै पसल राखेर खरिद गराउनुपर्ने माग भएको हो।

नेपालमा सीजी टेलिभिजन उत्पादन गर्दै आएको सीजी इलोक्ट्रोनिक्स कम्पनीले आगामी आर्थिक वर्षको लागि आउने आर्थिक विधेयक मार्फत वैदेशिक रोजगारीमा जानेले ल्याउने टेलिभिजनको करछुटको व्यवस्था हटाउनुपर्ने माग गरेको हो। कम्पनीले अर्थ मन्त्रालयको राजस्व सचिवलाई सम्बोधन गरी पठाएको पत्रमा भनिएको छ, ‘नेपालमा नै उत्पादन हुने टेलिभिजन तथा अन्य घरयासी रुपमा प्रयोग हुने वस्तुहरुलाई कर छुट हुने ‘ड्यूटी फ्रि’ पसल राख्नुपर्ने र सो पसलमार्फत सामान खरिद गराउनुपर्ने।’

नेपाली कम्पनीलाई नै सो पसलमा राख्ने सामानमा कर छुट दिनुपर्ने र सो पसलले सहुलियत रुपमा सामान बिक्री गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ। सरकारले यसको विकल्पका रुपमा हाल ३२ इन्चसम्मको टेलिभिजनमा यो सुविधा दिइएकोमा अब २४ इन्चसम्मलाई एक पटक मात्रै ल्याउने व्यवस्था गर्न सक्ने सुझाव सीजीले दिएको छ। त्यसका लागि वैदेशिक रोजगारीमा जानेले ल्याएको टेलिभिजनको अभिलेख राख्नुपर्नेछ।

एक पटक विदेशबाट २४ इन्चको टिभी ल्याइ सकेको खण्डमा भने स्वदेशको ड्युटी फ्रि पसलबाट मात्रै ल्याउन दिनु पर्ने माग भएको हो। सीजीले भनेको छ, ‘विदेशबाट आउने टेलिभिजन विदेशी कम्पनीको हुने तथा नेपालमा त्यसको पार्टपुर्जा नपाइने हुनाले सर्वसा धारणको टीभी एक पटक बिग्रेपछि काम नलाग्ने हुने गरेको छ।’ उक्त समस्या समाधानमा पनि यो विकल्प राम्रो हुने सीजीले बताएको हो।

त्यस्तैगरी सीजीले राजस्व सचिवलाई सम्बोधन गरी पठाएको पत्रमा भनिएको छ ‘स्वदेशमा उत्पादन हुने र विदेशबाट आयात भई नेपालमा बिक्रीवितरण हुने टेलिभिजनको कर उस्तै रहेकोले नेपाली कम्पनीहरु मर्कामा परेका छन्।’ आगामी वर्षको आर्थिक विधेयकमा त्यसलाई पुनरवलोकन गर्नुपर्ने उसको माग छ। आव २०७४।७५ मा आएको आर्थिक विधेयकले गरेको व्यवस्थाले हाल स्वदेशी कम्पनी मर्कामा परेको सीजीले बताएको हो।

सो वर्ष नेपाली कम्पनीले कच्चा पदार्थमा तिरेको अन्तःशुल्क रकम तयारी वस्तु बिक्री गर्दा तिर्नुपर्ने अन्तःशुल्कमा कट्टा गर्न पाइने व्यवस्था हटाइएको थियो । उक्त व्यवस्थाले स्वदेशी कम्पनी मर्कामा परेको सीजीको भनाइ छ। कच्चा पदार्थमा तिरेको अन्तःशुल्क रकम तयारी वस्तु बिक्री गर्दा तिर्नुपर्ने अन्तःशुल्कमा कट्टा गर्न पाइने राजस्वको विश्वव्यापी मान्यता तथा अन्तःशुल्क ऐन २०५८ को प्रतिकूल हुन गएको व्यहोरा सिजीको भनाइ छ।

भन्सार महसुल माफी भएका कच्चा पदार्थ र पाटपूर्जामा पैठारी गर्दा तिरेको अन्तःशुल्क कट्टा गर्न नपाइने व्यवस्था हुन गएकोले विदेशबाट पैठारी हुने तयारी टेलिभिजन र नेपालमा उत्पादन हुने टेलि भिजनमा लाग्ने समष्टि राजस्व दरमा खासै फरक नरहँदा नेपालमा नेपालमा स्थापित टेलिभिजन उद्योगहरु बन्द हुने अवस्थामा रहेको कम्पनीको दाबी छ।

आर्थिक वर्ष २०७२।७३ मा पाँच प्रतिशत अन्तःशुल्क लागेको थियो। २०७३।७४ मा १० प्रतिशत, २०७४। ७५मा तयारी टेलिभिजन उद्योगमा मूल्य अभि वृद्धि ५० भन्दा बढी रहेको र सो मूल्य अभिवृद्धि पछिको अन्तःशुल्क दर गणना गर्ने हो भने यो दर २५ प्रतिशत आउने सीजीको भनाइ छ।

२०७२।७३ मा स्वदेशमा निर्मित तयारी टेलिभिजन र पैठारी हुने तयारी टेलिभिजनको महसुल फरक ३० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७४/७५ मा सो महसुल १० प्रतिशतमा रहेको छ। त्यस्तै चालू आर्थिक वषमा भने तयारी र कच्चा टेलिभिजन दुवैको अन्तःशुल्क १०/१० प्रतिशत रहेको छ। सो कारणले स्वदेशमा उत्पादन हुने टेलिभिजन र आयातित टेलिभिजनलाई कर लिन सीजीले आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *