समाचार
अन्तरवार्ताका क्रममा जब सन्दिप क्षेत्रीले डिभोर्सको कुरा निकाले कार्यक्रम अवधीभर थामिएन हाँसो
काठमाडौं । चर्चित कमेडियन सन्दिप क्षेत्री पछिल्लो समयका सर्वाधिक ब्यस्त कलाकार हुन् । चलचित्रमा समेत औधी ब्यस्त बन्दै आइरहेका सन्दिपको टेलिभिजन कार्यक्रम हवाट् द फ्लपको अपार सफलतापछि संदिपको क्रेज दर्शक माझ झनै बढेको देखिन्छ । एक पछि अर्को सफलतामा चुमिदै गएको बताउने संदिपले भर्खरै मात्र आफुले कर्रीएर सुरु गरेको जस्तो लाग्ने कुरा बताए । जसमा आफु भर्खरै मात्र मिसिएको बताए । मानिस जति ब्यस्क्त भयो त्यतिनै फुर्सदिलो हुने कुरा बताए ।

उनले परिवारलाई समय पनि मिलाएर दिने कुरा बताए । फ्यान भन्दा पनि साथिहरु धेरै भएको र आफुलाई मन पर्ने काम भएकाले हसाँउने काम मन लगाएर गरेको बताए । फ्यानहरुको मायाले कहिले काहि मन छुने गरेबको र बिश्वास गरेको मान्छेको विश्वास तोड्न निकै गाह्रो हुने बताए । उनले आफ्नो श्रीमती सँग धेरै रिसाउने बानिले गर्दा,यदि मेरो श्रीमती बुझ्ने नभईदिएको भए सायदै ३ लाख पटक डिर्भोस भइसक्ने कुरा बताए ।
रिसाउदा चाडै नै रिस देखाई हाल्नुपर्ने बानिले गर्दा गाह्रो पर्ने गरेको कुरा बताए । धेरै आफ्नोे आमा सँग रिसाउने कुरा बताय ।
असफलताले मानिसलाई धेरै कुरा सिकाउने कुरा बताउने संदिपले आफुले पनि जीवनमा धेरै असफलताको स्वाद चाखेको कुरा प्रस्तुत गरे ।उनले (हवाट् द फ्लप) को सबै पात्रहरुको बारेमा समेत जानकारी गराए । उनले आफुलाई मन लागेको कुराहरु मात्रै गर्ने कुरा समेत बताए । उनलाई जे मन पर्छ त्यही मात्रै गर्ने काम संदिपको रहेको छ ।

