समाचार
राष्ट्रपतिले मेरो सरकार भनेपछि नेकपाकै नेता आक्रोषित, गगन थापाले के भने ?
वैशाख २०, काठमाण्डौ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा केही अनौठा र रोचक प्रसंग देखियो । नीति तथा कार्यक्रम बाचन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक पटक मेरो सरकार भनेर उच्चारण गर्नुभयो । यसअघि राष्ट्रपतिले मेरो सरकार भन्ने चलन थिएन ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटकपटक मेरो सरकारले भन्ने शब्दावली प्रस्तुत गरिन् । गणतन्त्र स्थापनायता संसदमा यस्तो पदावली सनिएको थिएन । यसअघिका नीति तथा कार्यक्रममा पनि राष्ट्रपति भण्डारीले यस्तो शब्द प्रयोग गरेको पाइएको थिएन । राष्ट्रपति भण्डारीले प्रस्ततु गरेको नीति तथा कार्यक्रम सरकारको हो ।


