समाचार
काभ्रेका स्थानीयतहले गरेका सम्मान याेग्य कार्य यी हुन्

असार ४ बुधबार ,२०८२
काभ्रेपलान्चोक । जिल्ला समन्वय समिति काभ्रेले उत्कृष्ट कार्य सम्पादन र वित्तिय प्रगति गरेका कार्यालय तथा संघसंस्थालाई पुरस्कृत गरेको छ। जिल्लाका १३ पालिका मध्य फरकफरक विधामा उदाहरणीय र दिर्घकालीन कार्य गरेका पालिकालाई प्राेत्साहन स्वरुप सम्मान गरेको जनाइएको छ।
आर्थिक वर्ष २०८०/८१ काे आठौं जिल्ला सभामा वार्षिक प्रगती समिक्षा गर्दै जिल्ला समन्वय समितिले धुलिखेल नगर नेपालकाे पहिलो स्वस्थ शहरकाे स्थानमा परेको भन्दै सम्मान गरेको छ। लिजा र प्राकृतिक स्राेत तथा वित्त व्यवस्थापनमा बनेपा प्रथम भएको छ। सामाजिक सुरक्षा र लिजामा नमाेबुद्द अब्बल ठहरियाे, भने पाँचखाल वन पैदावरबाट आम्दानी गर्ने सम्भावित खाेजमा लागेको नगर हो । पनौती नगरले पशु विमा कार्यक्रममा १ सय प्रतिसत सफलता हाँसिल गरि पहिलो भएको छ। महालेखा परिक्षककाे कार्यालयले सार्वजनिक गरेकाे प्रतिवेदनमा जिल्लाका नगरपालिकाहरु मध्य मण्डनदेउपुर नगरपालिका कम बेरुजु भएको नगरमा पर्न सफल भएकोमा उत्कृष्ट ठहर्याउदै पुरस्कृत गरेको हो ।
यस्तै महाभारत गाँउपालिकाले शून्य बेरुजु, प्राकृतिक स्राेत व्यबस्थापन तथा वित्त आयाेगकाे कार्यसम्पादन मूल्यांकनमा पहिलो भएको थियो । भुम्लु गाउँपालिका पहिलो पटक वन डढेलाे मुक्त पालिका घाेषणा, बेथानचाेक गाँउपालिकाले एफआरआई र लिजामा विपद पश्चात् प्रतिकार्य र पुर्न निर्माणकार्यमा उत्कृष्टता हासिल गर्याे ।
वित्तिय सुशासन जाेखिम मुल्यांकनमा काभ्रे जिल्ला भरी गाँउपालिका मध्य राेशी प्रथम भएकाे थियो भने चौरीगाँउपालिकाले सामाजिक सुरक्षाकाे क्षेत्रमा याेगदान पुर्यायाे । नसर्ने राेगकाे क्षेत्रमा महत्त्वपूर्ण र अनुकरणीय काममा तेमाल गाउँपालिका अगाडि देखिएको थियो ।` जसकाे उत्पादन, उसकाे लागि अनुदान ´भन्ने कार्यक्रमलाई प्रभाबकारी रुपमा लागू गर्न सफल भएकोमा खानिखाेला पुरस्कृत भएको हो ।
