समाचार
मूल्य बढ्यो पेट्रोल, मट्टितेल र डिजेलको, हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलरमटितेलको मूल्य बढाएको छ । निगमले जनाए अनुसार हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत रहेको रहेको छ । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १–१ रुपैयाँ प्रतिलिटर मूल्य बढेको छ ।

बढेको मूल्य शुक्रबार राती १२ बजेबाट लागु हुने छ ।बढेको मूल्यअनुसार काठमाडौंमा पेट्रोलको खुद्रा विक्री मूल्य १११ रुपैयाँ ५० पैसा पुगेको छ । डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको निगमले जनाएको छ । यो मूल्य वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा १३।६७ प्रति लिटर र डिजेल १५।६४ प्रति लिटरले नेपालतर्फ नै सस्तो रहेको छ ।

