समाचार
चीन भ्रमण छोट्याएर एक दिन अघि नै राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
काटमाठौं । चीनको राजकीय भ्रमण छोट्याएर एक दिन अघि नै राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश आइपुगेकी छन् । पूर्व निर्धारित कार्यक्रमअनुसार बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको थियो । तर, भ्रमण कार्यक्रम छोट्याए राष्ट्रपति भण्डारी एक दिन अघि नै बुधबार स्वदेश फिर्ता भएकी हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा चीनको दोश्रो बेल्ट एण्ड रोड फोरममा भाग लिन वैशाख ११ गते त्यसतर्फ गएकी भण्डारी बुधबार बिहान काठमाडौँ अवतरण गरेकी हुन् ।

विमानस्थलमा उनलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरासहितका उच्च पदाधिकारी पुगेका थिए । राष्ट्रपति भण्डारीले सोमबार चिनियाँ समकक्षी सी जिनपिङसँग औपचारिक भेटवार्ता गरेकी थिइन् ।
भ्रमणको पूर्व्निर्धा्रित कार्यक्रमअनुसार राष्टपनि भण्डारी बिहीबार मात्र स्वदेश फर्किने कार्यक्रम थियो ।
स्रोतका अनुसार भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि एक दिन अगावै उनी स्वदेश फर्किएकी हुन् । उनी मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बत पुगेकी थिइन् ।