समाचार

हावाहुरीका कारण पर्सामा एक किशोरीको मृत्यु, लाखौंको क्षति

वीरगञ्ज । हावाहुरीका कारण पर्सामा पुनः एक किशोरीको मृत्यु भएको छ । बुधबार बेलुका आएको हावाहुरीका कारण पर्साको पकाहा मैनपुर गाउँपालिका–१ धोरेकी १५ वर्षीया श्रुती सहनीको मृत्यु भएको हो, भने लाखौंको धनमालमा क्षति पु–याएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी गराए अनुसार घर नजिकै रहेको सिमलको रुखको हाँगा भाँचिएर सहनी गम्भीर घाइते भएकी थिइन् । उनको सामान्य उपचारपछि थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लैजाने क्रममा राति नै उनको मृत्यु हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *