समाचार

लागुऔषध सहित दुई युवक पक्राउ

सिरहा / प्रहरीले प्रतिबन्धित लागुऔषध सहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीको गस्ती टोलीले लहान नगरपालिका १९ गाढा चौकमा चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषध सहित लहान नगरपालिका ३ का २६ वर्षिय प्रविण कुमार यादव र लहान नगरपालिका ८ का २९ वर्षिय अर्जुन कुमार महतोलाई पक्राउ गरेको छ ।

सिमावर्ती भारतीय बजारबाट स ७ प ९३९१ नम्बरको मोटरसाईकलमा लहानतर्फ आउँदै गर्दा चेकजाँचको क्रममा लागुऔषध फेला परेको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले बताए । उनीहरुले ५ लिटरको प्लास्टिकको ग्यालेनमा विभिन्न नामका प्रतिबन्धित लागुऔषध लुकाएर ल्याउँदै गरेको प्रहरीको भनाई छ ।

फेनार्गन २०१ एम्पुल, डाईजेल्याप २३८ एम्पुल र नोर्फिन २२० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुसँग रहेको विभिन्न कम्पनीको ३ थान मोबाईल सेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका दुवैलाई म्याद थप गरि इलाका प्रहरी कार्यालय लहानमा राखेर अनुसंधान जारी राखेको प्रवक्ता खरेलले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *