समाचार

५० वर्षपछि जिउँदाभन्दा मरेका मान्छेको फेसबुक आइडी धेरै, यस्तो छ कारण

वैशाख ७, काठमाण्डौ । फेसबुक एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो । पछिल्लो एक दशकमा फेसबुक यति लोकप्रिय बन्यो कि संसारभरका मानिसलाई फेसबुक एकाउण्ट बनाउनु अनिवार्य जस्तै भयो । एक अध्ययनले अबको ५० वर्ष अर्थात् सन् २०७० सम्म फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने दाबी गरेको छ ।

फेसबुक प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन् । आफ्नो प्रोफाईल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन् । यसका अतिरिक्त प्रयोगकर्ताको शहर, स्कूल, कलेज या कार्यस्थलको आधारमा बनाईएका सञ्जालमा सामेल हुन सक्छन् । आफनो ’वाल’ वा ’टाइमलाइन’मा प्रयोगकर्ताले आफनो दैनिकी वा विविध विषय साथीहरू माझ बाँडन समेत सक्छन् । प्रयोगका हिसाबले सहज र सन्देश आदान प्रदान गर्न बहु उपयोगि भएकाले फेसबुकप्रति मानिसहरुको आकर्षण छ । फेसबुक प्रयोगकर्ताको संख्या बढ्दै जाँदा कालान्तरमा हुन सक्ने एक रोचक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । ब्रिटेनको अक्सफोर्ड युनिभर्सिटीले एक अध्ययनमा अबको ५० वर्ष अर्थात् सन् २०७० सम्म फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने दाबी गरेको छ । युनिभर्सिटीले आफ्नो अध्ययनमा फेसबुकको वर्तमान वृद्धिका अनुसार ५० वर्षपछि फेसबुकका वर्तमान २.३ अर्ब प्रयोगकर्तामध्ये कम्तीमा १.४ अर्ब प्रयोगकर्ताको मृत्यु भइसकेको हुने उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *