समाचार
नवलपरासीमा भयानक दुर्घटना : ग्यास सिलिण्डर बोकेको ट्रक र कार एकापसमा ठोक्किँदा ५ जना घाइते , एकको अवस्था चिन्ताजनक
काठमाडौँ – नवलपरासीको सुनवल ज्यामिरेमा ग्यास बोकेको ट्रक र कार ठोक्किएको छ । नवलपरासीको सुनवल ज्यामिरेमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ग्यास सिलिण्डर बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ आइरहेको कार एकापसमा ठक्किँएको हो । सोमबार दिउँसो ना१क ८७३५ नम्बरको ग्यास सिलिण्डर बोकेको ट्रक र बा१३च १८६० नम्बरको कार एकापसमा ठक्किँदा ५ जना घाइते भएका छन् ।

घाइते हुनेमा ललितपुर महानगरपालिकाका ५५ वर्षीय राधिका घिमिरे, कार चालक ४० वर्षीय रामचन्द्र बन्जाडे र ४० वर्षकी मन्जु बन्जाडे रहेका छन् । प्रहरीका अनुसार उक्त दुर्घटनामा कारमा सवार ललितपुर महानगरपालिका २ बस्ने ३८ वर्षकी झविश्वरा बन्जाडेको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घाइते सबैको बुटवलस्थित मर्सिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
