समाचार

त्रिभुवन विमानस्थलको चाप घटाउन काभ्रेमा विमानस्थल

काठमाडौं– सरकारले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने घोषणा गरेको छ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थलको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ। यसका लागि आवश्यक रकम विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताएका छन्।

बजेटमा त्रिभुवन विमानस्थलको स्तरोन्नतीका लागि हवाई पूर्वाधारमा उच्चतम प्रविधि र दक्ष जनशक्ति प्रयोग गरिने उल्लेख छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *