समाचार
विश्वकै सबैभन्दा लामो र अग्लो सिसाको पुल, जस्ले जोडेको छ २ गगनचुम्बी पहाडलाई

एजेन्सी । कल्पना गर्नुहुन्छ सिसाको पुलको ? अब यो कुरा कल्पनामा मात्र सिमित रहेन । वास्तविक जीवनमा पनि यो साकार भएको छ अब । जसलाई साकार बनाउने काम चीनले गरेको छ ।
चीनको हुनान प्रान्तको चांगचियाचिएमा दुइ पहाडलाई जोड्ने यो पुल सिसाबाट बनेको विश्वकै लामो तथा अग्लो सिसाको पुल हो ।जुन हालै पर्यटकका लागि खुल्ला गरिएको बिबिसीले उल्लेख गरेको छ ।
बिबिसीका अनुसार ३ सय मिटरको उचाइमा रहेको यो पुल ४३० मिटर लामो छ र यो पुल बनाउनका लागि ३० लाख डलर खर्च भएको छ । पुलका विषयमा अहिले विश्वब्यापी रुपमा चर्चा सुरु भएको छ ।
