समाचार
भावना कसरी बच्चा जन्माउन बाध्य भईन ११ बर्षमा ? भावनाका १४ वर्षे पतिभन्छन् अन्जानमै बुबा बन्न पुगे

काठमाडौँ । गेरुवा गाउँपालिका- ४ खोनपुर बर्दियाकी भावना बस्नेत ११ वर्षमै आमा बनीन् । ०६३ चैत्र १३ गते जन्मिएकी बस्नेतले ०७५ फागुन ७ गते माइतीमा नै छोरीलाई जन्माइन् । गाउँ कै सरस्वती आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्द रावतसँग शारीरिक सम्बन्धले भावनालाई यतिखेर कष्ट पूर्ण अवस्थामा पुर्याएको हो । रावतसँग प्रेम रहेकै बेला उनले शारीरिक सम्बन्ध कायम गरेपछि उनको पेट बढ्दै गएको उनका परिवारले पत्तै पाएनन् र अन्तत उनले स्वास्थ्य संस्थामा समेत नपुगी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई छोरीलाई जन्म दिइन् ।
जसको नाम पूर्णिमा राखियो । घर मै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिम पूर्ण अबस्थामा छ। यतिखेर बस्नेतको शरीर सुन्निने र ज्वरो आउने समस्याबाट निकै पीडित छिन्। १४ बर्षमा बाबु बनेका नन्द काठमाडौं आएर आमा र छोरी पाल्नकै लागि संघर्ष गरिरहेका छन् । उनी आफु नपढी आफ्नो श्रीमतिलाई पढाएर डक्टर बनाउने सपना बुन्दैछन् । उनी आँफै पनि पढ्नमा अब्बल छन् । हेरौ नन्दलालसँग गरिएको कुराकानी
