समाचार
मलद्धवारमा राखेर लागुऔषध ल्याउँदै गर्दा इटहरीका युवा पक्राउ
विराटनगर / विराटनगर महानगरपालिका–१४ जतुवाबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
आफ्नै मलद्धवारमा राखेर लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–३ का २२ वर्षीय राजन न्यौपानेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।
न्यौपानेका साथबाट डाइजेल्याब, लुपिजेसिक र एभिल गरेर सात÷सात एम्पुल लागुऔषध बरामद भएको छ । पक्राउ परेका न्यौपानेले भारतको जोगवनीबाट खरिद गरेर लागुऔषध इटहरी लगेको प्रहरीलाई बताएका छन् ।

पक्राउ परेपछि प्रहरीले मलद्धवारमा राखेको लागुऔषध दिसाका माध्यमबाट बाहिर निकाल्न लगाएको छ । न्यौपाने विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



