समाचार
संखुवासभामा घर गोठमा आगो लाग्दा १० लाख बराबरकाे क्षति (६ तस्विरहरू सहित)
संखुवासभा / संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ४ होक्सेमा आगलागी भएको छ । आगलागीबाट गणेश कुमार तामाङको घर र गोठ जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षती नभएपनि भैसी, गोरु र खसी सहित तीन ओटा चौपाय गम्भीर घाइते भएको वडा अध्यक्ष काजी बहादुर तामाङले बताए ।
शुक्रबार दिउँसो करिब ३ बजे आगलागी भएको हो । घरमा कोही नभएको अवस्थामा आगलागी भएकाले विद्युत सर्ट भई आगो लागेको हुन सक्ने अध्यक्ष तामाङले बताए । घरमा भएका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको छ । आगलागीबाट करिब १० लाख बराबर क्षति भएको हो ।



