समाचार

मोदीको भ्रमण विषयमा – चारै तहको सुरक्षा निकायको बैठक सम्पन्न

जनकपुर, २० वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर चारै तहको सुरक्षा निकायको बैठक आज सम्पन्न भएको छ ।

बैठकमा अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखको सहभागिता थियो । उहाँहरुले खुला सिमानाका कारण धेरै चुनौती रहेकाले कडा सुरक्षा व्यवस्था अपनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

आठ वटै जिल्लाको सीमा क्षेत्रमा सतर्क भएर बस्नका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले राससलाई बताउनुभयो । उहाँले यहाँका होटल र लजमा निगरानी राखी भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ जाने यात्रु र सवारी साधनलाई निगरानी गरी जाँच गर्नेबारे छलफल भएको जानकारी दिनुभयो । मन्त्री यादवले सो छलफलमा भारतीय सुरक्षा अधिकारीहरुको समेत सहभागिता रहेको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा कुनै पनि अवाञ्छनीय क्रियाकलाप नहोस् भनेर सुरक्षा निकायलाई कडा निर्देशन दिइएको जानकारी दिँदै मन्त्री यादवले सबै तहका सुरक्षा निकायका प्रमुख तथा मातहतका सुरक्षा निकाय सतर्क हुनेबारे छलफल भएको बताउनुभयो । (रासस)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *