समाचार
नेपालको पहिलो भु–उपग्रह अन्तरिक्षमा पुगेपछि भारतले यस्तो भन्यो
काठमाडौं । नेपालले आज आफ्नो पहिलो भु–उपग्रह अन्तरिक्षमा पठाएको छ । विज्ञान र प्रविधिका क्षेत्रमा नेपालको यो ऐतिहासिक प्रगाती हो । यस विषयमा भारतीय सञ्चारमाध्यमहरुले पनि समाचार सम्प्रेषण गरेका छन् । भारतमा सबैभन्दा धेरै चर्चामा रहेको अखबार दैनिक भास्करले नेपालको यो प्रगतीलाई विस्तृतमा सम्झाएको छ ।

नेपालले आज बिहान अमेरिकामा ‘नेपाली क्यूबसेट स्याट–१’ को नामले अन्तरिक्षमा पठाइएको छ । भास्करले अगाडी लेखेको छ । आज बिहान अमेरिकाको भर्जेनीया राज्यबाट आज बिहान २ः३१ मिनेटमा अन्तरिक्षमा छोडीएको छ । यसको तौल १ं३ किलोग्रम रहेको छ भने निर्माणमा झण्डै २ करोड भन्दा धेरै खर्च गरिएको छ ।
जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत निर्माण गर्नुभएको हो ।
यसले नेपालको भौगोलिक तस्वीरहरु कैद गर्नमा मुख्य भुमिका खेल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सफलताले नेपालको उचाई बढ्ने बताउनु भएको छ । उहाँले नेपाल अब अन्तरिक्ष युगमा पुगेको बयान दिनु भएको भन्दै भास्करले लेखेको छ ।
एनएओएसएटी प्रवत्ता सुरेश कुमारका अनुसार नेपालको यो सफलता अन्तरिक्ष प्रद्यौगिकीका लागि एक नयाँ मार्ग निर्माण भएको छ । भास्करले अगाडी थप्दै नेपालमा सबै जना खुःशी भएको बताएको छ । पहिलोपटक अन्तरिक्षमा भु–उपग्रह छोडेको हुनाले नेपालीहरुले खुःशीसँगै गौरव महसुस गरिरहेका छन्।
सुरेश कुमारका अनुसार ब्रर्दस प्रोजेक्ट संयुक्त राष्ट्रको सबैभन्दा महत्वाकांक्षी योजना हो । यस परियोजना अन्तर्गत यस्ता देशहरुलाई सहयोग मिल्ने गर्दछ जो आजसम्म अन्तरिक्षसम्म पहुँच पुर्याउन सकेका छैनन् ।

