समाचार

खोटाङमा आगलागीबाट दुई घर जलेर नष्ट

खोटाङ  / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । खार्मीको साविक वडा नं. १ स्थित कोछिकामा आगलागी हुंदा स्थानीय भीम बहादुर तामाङ र टंकनाथ तामाङको घर जलेर नष्ट भएको छ । सोमबार दिउँसो लागेको आगोले तामाङद्धयको फुसको छानो भएको घर पुर्णरुपमा जलेर नष्ट भएको स्थानीय राजन भट्टराईले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
घट्नास्थलतर्फ जालपाको प्रहरी टोली खटाई सकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए । क्षतिको यक्किन विवरण आँउन बाँकी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *