समाचार

पत्याउनै गार्‍हो , ६० लाखमा बनेको गुल्मीको यो सभाहल !

सन्तोष महतारा, गुल्मी । टिनको छानो, सामान्य टहरो तर निर्माण अवधि २५ दिन मात्रै अनि बजेट अर्थात लागत भने ६० लाख । सबै अचम्म पर्छन्, गुल्मीको इस्मा गाउँपालिकामा बनेको सभाहल देख्दा । उक्त सभाहलले यतिबेला चारैतिर चर्चा कमाएको छ ।प्रदेश पाँचको ६० लाख बजेटमा गाउँपालिकाले उक्त सभाहल निर्माण गरेको हो । सभाहल स्टिमेट अनुसार नै बनेको गाउँपालिकाको प्रतिक्रिया छ ।

तर टिनको छानो सहितको सामान्य टहरो बनाउन ६० लाख नलाग्ने भन्दै इस्मा गाउँपालिका नेपाली काङ्ग्रेस जागरण कार्यदलले अनुसन्धान थाल्ने तयारी गरिरहेको चन्द्र बहादुर महतले जानकारी दिनु भएको छ। जिल्लाकै मदाने गाउँपालिकामा बनेको ६० लाख लाग तको सभाहल सँग तुलना गर्दे टिनको टहरो बनाएर बजेट सकेको भन्दै स्थानिय आक्रोसित समेत बनेका छन् ।

स्टिमेट अनुसार नै सभाहल बने पनि ६० लाखमा टिनको टहरो बनाउने स्टिमेट कस्तो खालको होला भन्दै इस्मा गाउँपालिका नेपाली काङ्ग्रेस कार्यदलले आपत्ति जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा इस्मा गाउँ पालिका अध्यक्ष नारायण पैयानीले भने सभाहल सम्बन्धि सामाजिक सञ्जालमा गरिएको प्रचार नसुहाँदो भएको प्रचिक्रिया दिनुभएको छ ।

उहाँले सभाहल को स्टिमेट के हो, खर्च कहाँ कति भयो, प्राविधिक मुल्यांकन कसरी भयो केहि नबुझी जिम्मेवार ब्याक्ति गैरजिम्मेवार बनेर सामाजिक सञ्जालमा प्रचार गरिनु आपत्तिको बिषय बनेको बताउनु भएको छ। नेकपा इस्मा अध्यक्ष पैयानीले कुनै ब्याक्तिगत दुश्मनीका कारण फेसुबक लगायतकमा बेइज्जत गरिनु गैरकानुनी भएको भन्दै राजिनितिक विरोध नगरिकन बुझेर जानेर मात्रै प्रचार गर्न आग्रह गनुभएको छ ।

इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले सामाजिक सञ्जालको पछि नलाग्न आग्रह गर्नुभएको छ । हचुवाको भरमा सामाजिक सञ्जालमा बेइज्जती गर्नेलाई मैले केहि पनि भन्दिँन प्रमुख बिष्टले भन्नु भयो “सामाजिक सञ्जालमा गरिएको गलत प्रचार गैरजिम्मेवार छ।” गाउँ पालिकाले २५ दिनमा ससभाहल निर्माण गरेको स्विकार गरेको छ । बाहिरी भवन २५ दिनमै सकिएपनि काम चलिराखेको र अन्तिम चरणमा पुगेको अब केहि दिनमा सकिने इस्मा गाउँपालिका प्रमुख बिष्टले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *