समाचार

१४ हजार फिटको उचाईबाट हामफालेर बनाइन् यि सय वर्षे हजुरआमाले विश्व रेकर्ड, भन्छिन् ‘बाँचे भने १०५ वर्षमा पनि फदाल्छु’

एजेन्सी । १०२ वर्षे आइरिन ओ‘शियाको जस्तो हिम्मत र जाँगर सायदै कमैमानिसमा हुने गर्छ । १०२ वर्षे आइरिन ओ‘शियाले विश्वमै सबैभन्दा बढी उमेरमा स्काइडाइविङ गरेर अष्ट्रेलियाकी १०२ वर्षे आइरिन ओ‘शियाले विश्व रेकर्ड राख्न सफल भएसँगै उनको चर्चा विश्वभर चुलीएको छ । १४ हजार फिटमाथिबाट २२० प्रतिघण्टाको रफ्तारमा सफलतापूर्वक अवतरण गरेकी यि १०२ वर्षे हजुरआमाले पहिलोपटक १०० औँ जन्मदिनमा गरी दुईपटक स्काइडाइविङ गरिसकेकी थिइन् ।

यो पटकको डाइभिङ गर्दा कत्तिपनि डर नलागेको भन्दै उनले भनिन्, ‘म अर्को वर्षको लागि पनि तयार रहनेछु । र बाँचिरहेँ भने १०५ वर्षमा पनि स्काइडाइविङ गर्नेछु भन्दा उपस्थित दर्शक र स्रोताहरु उनको जाँगर देखेर अचम्मा परेका छन् । आफ्नी छोरीको ६७ वर्षको उमेरमा ‘मोटर न्यूरोन रोग’ रोगबाट मृत्यु भएपछि यस रोगको बारेमा रिसर्च गर्नु उनको जीवनको लक्ष्य नै बनाएकी थिइन् उनले । २०१६ मा च्यारिटीको लागि १२ हजार डलर संकलन गरेकी हजुर आमाले अझै यो रकम बढाउने लक्ष्य सहित अगाडी बढेकी छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *