समाचार

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

सोल, २७ माघ : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले अमेरिका र उत्तर कोरियाको शिखर बैठकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने भएको छ ।

दोस्रो शिखर बैठकका बारेमा मुनले ट्रम्पसँग छलफल गर्न लाग्नुभएको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले आइतबार जनाएको छ ।ब्लु हाउसका प्रवक्ता किम एउइ केउमले मुन र ट्रम्पको भेटवार्ताका लागि तयारी शुरु भइसकेको बताउनुभयो । प्रवक्ता केउमले उत्तर कोरियाको विषयमा राष्ट्रपति मुन र ट्रम्पका बीचमा टेलिफोन वार्ता भएको जानकारी पनि दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *