समाचार

एक्ली आमाले पाइलट पढाएकी थिइन् सुजितलाई

नयाँ वर्षको दिन आइतबार बिहानै दुखद खबर आयो। सोलुखुम्बुको लुक्ला विमानस्थलमा जहाज र हेलिकप्टर ठोक्किए।

रामेछापको मन्थलीका लागि उड्न लागेको जहाजले रनवे छोडेर आकाशतिर आउन सकेन। बरू चिप्लिएर बाहिर गयो। पार्किङ गर्न लागेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्कियो।

दुर्घटनामा परी समिट एयरका कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका २ असईको ज्यान गयो।

ढुंगानले फेसबुकमा आफ्नो नाम सुजित लामा ढुंगाना राखेका थिए। उनका बाबुआमाले अन्तरजातीय विवाह गरेका थिए, बाबु ढुंगाना आमा लामा। सुजितले नाममा लामा थर पनि राख्नुको पछि उनकी आमाको पहिचान जोडिएको थियो।

आमासँग सुजित।

सानैमा बुवाले छोडेपछि सुजितलाई उनकी आमा ल्हेमी लामाले हुर्काएकी थिइन्। स्वास्थ्य सेवामा रहेकी उनकी आमा अहिले पनि फाप्लुमै व्यवसाय गरेर बस्छिन्।

ओखलढुंगाबाट माध्यामिक शिक्षा लिएका ढुंगानाले पाइलट कोर्स फिलिपिन्सबाट गरेका थिए।

कोर्स गरेपछि उनले सन् २०१७ को फेब्रअरीदेखि समिट एयर (तत्कालिन गोमा एयर)मा जोडिएको समिट एयरका अपरेसन डिपार्टका म्यानेजर सागर आचार्यले जानकारी दिए।

३४ वर्षीय सुजितको वर्षमात्र विवाह भएको थियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *