समाचार

शालिकाराम पुडासैनीको मृ*त्युमा रबि लामिछानेले लेखे यस्तो मार्मिक स्टाटस-तिमीलाई सधै सम्झिरहने छौ !

काठमान्डौ , चितवनको पोखरा बसपार्कमा झु*ण्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकाराम पुडासैनी केही साता अघिमात्र माउण्टेन टेलिभिजनमा गएका हुन । उनले लामोसमय न्यूज २४ टेलिभिजनमा रवि लामिछानेसँग काम गरेका थिए । त्यही कारण उनले रविलाइ गुरू भन्ने गरेका थिए । उनले गएको गुरू पूर्णिमाका दिन अाफ्नो फेसबुक प्रोफाइल चेन्ज गर्दै रविसँगको फोटो राखेर गुरू पूर्णिमाका दिन दादालाइ सम्झिए भन्दै तस्बीर पोष्ट गरेका थिए । सिधा कुरा जनतासँग कार्यक्रम चर्चित बनाउन रवि लामिछानेलाइ साथ दिएका उनी फेसबुकमा समेत चर्चित थिए ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झु*ण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।पत्रकार पुडासैनी सोमबार राति नै झु*ण्डिएको अवस्थामा फेला परेका हुन । प्र हरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि उनीहरू अहिले चितवन पुगेका छन ।भरतपुर महानगरपालिकाको पोखरा बसपार्कको होटल कलशमा झु*ण्डिएका युवाको साथबाट प्रहरीले माउन्टेन टेलिभिजनको परिचय पत्र र होटलमा टिपाएको नामको आधारमा उनि पत्रकार पुडासैनी नै रहेको पुष्टि गरेको छ ।

शालिकाराम पुडासैनीको मृ*त्युमा रबि लामिछानेले लेखे यस्तो मार्मिक स्टाटस:स्तब्ध छु।मर्न नडराउने भाई शालिकराम पुडासैनीले कसरी आफैलाई मा*र्ने निर्णय गरे होलाल्। छातीमा लात्त्ती खाई खाई पनि प्रश्न सोध्न नडराउने उनको छाति भित्रको मुटु यति कमजोर थियो जस्तो मलाई कहिलेपनि लागेन।नयाँ अवसर मिलेको छ दाइ, केहि गर्छु भनेर करिब ढेड महिना जति अघि टिमबाट बिदा लिएर गएका भाइ शालिकराम, हिजो राति चितवनको एक होटलमा झु*न्डिएको अवस्थामा भेटिएका छन। यो घ*टना उनको ब्यक्तिगत जीवन वा पत्रकारिता मध्य के ले प्रभावित पारेर भयो भन्ने लगायतका तथ्य त प्रहरी अनुसन्धान पछि आउला तर भाइ शालिकराम चाहिँ अब कहिले नआउने गरि बिदा भए। शालिक,सिधाकुरा टिम तिमीलाई सधै सम्झिरहने छ। हार्दिक श्रद्धाञ्जली भाइ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *