समाचार

अपडेट: धरान सेउती पुल दुर्घटनामा मृतककाे संख्या ४ पुग्याे

धरान । सुनसरीको धरानबाट इटहरी आउदै गरेको कारले ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा भएको दुर्घटनामा परी थप एकको मृत्यू भएको छ । कार चालक मोरङ सुन्दरहरैचा ४ का गोबिन्द बस्नेतको उपचारका क्रममा निधन भएको बिराटनगर स्थित न्यूरो अस्पतालले जनाएको छ । शुक्रबार राती ११ः३० बजे धरान ८ स्थित सेउती पुलमा बा २० च ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको टयाक्टरलाई ओभरटेक गर्ने क्रममा ट्याक्टरको चक्कामा ठोक्किँदा ट्याक्टर अनियन्त्रीत भई नालिमा पल्टेको थियो भने कार उछिट्एिर इटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा ठोक्किन पुगेको प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा ४ का गोबिन्द बस्नेत, इटहरी ४ का अनिल श्रेष्ठ, धनकुटाका जनक बुढाथोकी र मदन लिम्बु रहेका छन् भने घाइतेहरूमा ट्याक्टरमा सवार झापा चन्द्रगडी ६ का दिल कुमार राजवंशी, मोरङ रंगेली २ मा बिनोद कार्की, झापा भद्रपुर ८ का कृष्ण राजवंशी रहेका छन् भने बसमा सवार धरान १८ की चन्द्रा राई धरान ११ बस्ने बर्ष २२की प्रभा राई , धरान १७ की सुक्रीकला राई, सारदा राई र पबित्रा बिष्ट रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *