चोर-डाँका देखि ज्यानमारा सम्म ‘डीएसपी साब’ को साँठ-गाँठ : बारम्बार फोन सम्पर्कमा रहेको खुल्यो

अ+
अ
अ-

काठमाडौँ – चोरी-डकैतिमा सक्रिय रहेको समूहसँग साँठ-गाँठ रहेको खुलासा भएपछि नेपाल प्रहरीका डीएसपी कुमुद ढुंगेलमाथि छानबिन हुने भएको छ।डकैत समूहसँग टेलिफोन सम्पर्कमा देखिएपछि नेपाल प्रहरीका डीएसपी कुमुद ढुंगेल माथि प्रहरी मुख्यालयले छानबिन थालेको हो। मुख्यालयले महानगरीय प्रहरी अपराध महाशाखालाई ढुंगेलमाथि विस्तृत अनुसन्धान र छानबिन गर्न निर्देशन दिसकेको छ।गत चैत २६ गते रानीबारीमा लालेन्द्र शेरचन्दको घरमा भएको डकैत घटनामा पक्राउ परेका अभि युक्त विक्रम श्रेष्ठ र डिएसपी कुमुद ढुंगेलबीच फोन र एसएमएस आदान प्रदान भएको खुलासा भएपछि ढुंगेलमाथि अनुसन्धान शुरु गरिएको हो।

श्रेष्ठ र ढुंगेल टेलिफोन सम्पर्क रहेको मात्र नभई उनीहरु बीच भेट समेत भैसकेको समाचार आएका छन्। श्रेष्ठ र ढुंगेल बीच टेलिफोन सम्पर्क भएको कलडिटेल सहितका समाचार बाहिर आएका छन्।बाहिरिएका कलडिटेल अनुसार ९८५११५५१८४ नम्बरको मोबाइल बाट श्रेष्ठले डीएसपी ढुंगेलको ९८५११८०००० नम्बरमा चैत २७ गते साँझ ६ बेर २३ मिनेटमा, २८ गते अपराह्न तीन बजेर पाँच मिनेटमा र श्रेष्ठको ९८५११५५१८४ मोबाइलबाट डिएसपी ढुंगलेको ९८०८२३७०८२ मोबाइलमा चैत २८ गते बिहान १० बजेर ३७ मिनेटमा, चैत २९ गते अपराह्न १२ बजेर ४७ मिनेटमा फोनमा ४ कल गएको देखिएको छ।

त्यति मात्रै नभई श्रेष्ठले प्रहरी बयानमा जग्गाको विषयमा डीएसपी ढुंगेलसँग भेट नै गरेको दाबी गरेका छन्। यसरी चोरी-डकैतिमा सक्रिय रहेको समूहसँग पटकपटक सम्पर्कमा देखिएपछि समूहसँग ढुंगेलको साँठ-गाँठ रहेको हुन सक्ने अनुमान गरिएको छ।यता डीए सपी ढुंगेलले भने चिनजान रहेको नाताले मात्रै आफूहरु बीच सम्पर्क रहेको दाबि गर्ने गरेका छन्।यस भन्दै अगाडी पनि ढुंगेलको नाम अपराधिक व्यक्तिहरुसँग जोडिसकेको छ।नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका मुख्य योजना कार समिरमान सिंह बस्न्यातसँग समेत ढुंगेलको निरन्तर संवाद हुने गरेको रहस्य समेत खुलेको प्रहरी निकट एक श्रोतले बताएको छ।

बस्न्यात र ढुंगेलबीच १ सय ६० पटक फोन सम्वाद भएको श्रोतको दाबि छ।चोरी-डकैतिका अभियुक्तसँग सम्पर्कमा रहेको बारे अनुसन्धान गर्ने क्रममा कर्तव्य ज्यान मुद्दाका अभियुक्तसँग समेत ढुंगेल सम्पर्कमा रहेको खुल्न आएपछि उनी माथि थप शंकाहरु पैदा भएका छन्।बस्न्यात–ढुंगेल फोन सम्वादको अडियो रेकर्ड अनुसन्धान अधिकारीहरु सुरक्षित राखेको बताइएको छ।मुख्यालयले डीएसपी ढुंगेललाई बयान लिनसमेत महाशाखालाई निर्देशन दिएको र मुख्यालयको सचिवालयले समेत ढुंगेलमाथि छुट्टै छानबिन शुरु गरिसके को छ।