अ+
अ
अ-
काठमाडौँ । स्काभेटर कर्णाली नदीमा डुब्दा एकजना घाइते भएका छन् । घटना मंगलबारको हो । सडक खन्ने क्रममा उक्त स्काभेटर कर्णाली नदीमा डुबेको हुम्ला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटो खन्ने क्रममा एक्कासी नदिमा उछिट्एर डुबेको थियो ।

स्काभेटर दुर्घटना हुँदा घाइते भएका अपरेटरलाई नदीबाट उद्धार गरि स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाउको छ । प्रहरीका अनुसार नदिमा डुबेको स्काभेटर भने निकाल्ने काम भइरहेको छ ।


