समाचार

बाबुले बन्चरो प्रहार गरी आमाको हत्या गरेपछि यि १३ वर्षीय छोराको भयो बिजोग

कपिलबस्तुको शिवराज नगरपालिका १ बन्कस्बासका ४० बर्षीय बसन्त परियारले आफ्नी श्रीमती सुमित्रा परियारको हत्या गरेको घट्ना कार्तिक ११ गते सार्वजनिक भएको थियो। रक्सि खाएर आएका बसन्तले बन्चरोले श्रीमतीको टाउँकोमा प्रहार गरी हत्या गरेका हुन्।अहिले घट्ना घटेको ७ महिना वितिसकेको छ। परियारको घरको अबस्था बुझ्न पिएनपिमिडिया घटनास्थल केहि दिन अघि पुग्यो। त्यहाँ पुग्दा बसन्तको बालबच्चाको अबस्था निकै दयानीय थियो। अभियुक्त बसन्त परियारका दुई छोरा छोरी छन्।

आमाको मृत्यु भएपछि बाबु जेलमा छन् भने सन्तानको विचल्ली भएको छ। बसन्तका १३ वर्षिय छोरा सुजन परिवारले पढ्न छाडेर आफ्नो पेटपाल्न नजिकैको कन्स्ट्रक्सनमा काम गर्ने गर्छन। उनी दिनको चार सय कमाउछन। कमाएको दिनभरीको पैसा आफ्नो काकालाई बुझाउछन् । उनी अहिले काकासँगै बस्दै आएका छन्। उनले ३ कक्षामा पढ्दा पढ्दै आफ्नो शिक्षालाई पूर्णविराम लगाएका छन्। उनका बुबाआमा पहिला लेलेस्थित इट्टाभट्टामा काम गर्ने गर्थे। इट्टाभट्टाका साउले घट्ना पछि उनको ११ वर्षिया बहिनीलाई पढ्न काठमाडौँ लगेको उनी बताउँछन्।

१३ वर्षिया बालक सुजन घट्नालाई सम्झिदै भन्छन, ‘बाबा ५ दिन जति हराएर घर आउनु भएको थियो। त्यस दिन आमालाई साँझ खाना खानेबेला त भोलि बाच्दीनस भनेका थिए। बाबाले हातमा कुट्छु भन्दै चेन लिएर हिडिरहेका थिए। ७ बजे पछि बहिनी र म निदायौ। पछि हल्ला सुनेपछि उठेर हेर्न जाँदा बाबा ढोका लाएर हिडिसकेका थिए। आमा रगत्तामै लडिरहेकी थिइन। चिसो रगत भित्ता भरि नै लागेको थियो। मैले पछि सबैलाई बोलाए।’ उनले थपे, ‘बाबा पहिला पनि रक्सि खाएर आमासँग झगडा गर्नु हुन्थ्यो। हामीलाई पनि कुट्ने गर्नु हुन्थ्यो।’

बसन्तको भाई जपिन्द्र परियारले अहिले उनलाई पालिरहेका छन्। घट्ना हुनु अघि उनी लुम्बिनीमा थिए। घट्नाको खबर पाएपछि उनी घर फर्किए। जेलमा दाजुलाई पनि भेट्न गए उनी। उनी भन्छन, ‘दाईको रक्सि खाने बानी थियो। दाइले भेट्न जाँदा रक्सि खाएको नशामा यो सब घट्ना घट्यो भनेको थियो।’ अन्य कुनै घट्नाको कारण भने आफुलाई थाहाँ नभएको उनले बताए ।

बाबुआमाको झगडाले गर्दा आज सुजन र उनको बहिनीको भविष्य अन्योलमा परेको छ । कानुनले बालमजदुरी रोक्ने प्रावधान ल्याए पनि बाबुआमाको छत्रछाया नरहे पछि उनीजस्ता हजारौ बालबालिका ज्याला गर्न बाध्य छन्। दर्शकवृन्द तपाई हाम्रो सानो सहयोगले यी १३ वर्षीय बालकको भविष्य फेरिन सक्छ। सुजनको अन्धकार जीवनलाई उज्यालो भविष्यमा परिणत बनाईदिन सक्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *