बिचार/ब्लग
थपिएको म्यादमा समेत लामीडाँडा बिमानस्थल कालोपत्र हुन सकेन
खोटाङ / थप भएको म्याद गुज्रदा समेत खोटाङको लामीडाँडा बिमानस्थल कालोपत्रेको काम पूरा हुन सकेको छैन । २०७४ साल माघ १६ गतेसम्मको म्याद गुज्रिए पछि थप भएको ७ महिनाको म्याद गुज्रदा पनि बिमानस्थल कालोपत्रेको काम ८० प्रतिशत मात्र पूरा भएको छ ।

लामीडाँडा गाँउपालिका ३ लामीडाँडा स्थित बिमानस्थल कालोपत्रको कामका लागि पहिलोपटक थप गरिएको म्याद गुज्रिएको पनि ६ महिना बितसकेको छ । सुरुको सम्झौता म्याद २०७४ साल माघ १६ गते नै गजे्रपछि थप भएको ७ महिनाको म्याद पनि गत २०७५ साल असोजमै गुज्रिएको छ ।
थप भएको म्याद पनि नाघेको ६ महिना बित्दा समेत बिमानस्थल कालोपत्रेका काम पूरा नहुनु दुखद भएको जिल्लाबासीले गुनासो गरेका छन् । ७४ साल माघ १६ गतेसम्ममा पूरा गर्ने गरी ७३ साल मंिसर १७ गते सम्झौता गरिएको बिमानस्थल कालोपत्रेको काममा निर्माण कम्पनीको ढिलाससुस्ती देखिएको छ ।