बिचार/ब्लग

बिहे गर्ने रहर पुरा गरे यि युवाले बेहुलि बिनानै २ सय जन्ती, ८ सय लाई बिहेभोज

एजेन्सी- बिवाह गर्नको लागि बेहुला र बेहुली दुबै अति आवश्यक मासिनन्छ । तर, हालै एउटा यस्तो विवाह भयो सुन्दा पनि अचम्म र पत्यार नलाग्ने जहाँ बेहुला मात्र थिए बेहुली थिइनन् । दुलहि नभए पनि यो बेहुलाको विहे धुमधाम सँग भएको छ ।

सोहि विहेमा २ सय जना जन्ती र ८ सय जनालाई बिहेभोज मज्जा सँग दिइएको थियो । २७ वर्षका अजय बरोटको सपना धुमधामले बिहे गर्ने थियो। तर दुलाहा भने मानसिक रुपमा पुरै कमजोर थिए । मानसिक अपांग भएका कारण उनले बिहेको लागि बेहुली भने पाउन सकिरहेका थिएनन् । उनको मनमा अरुको विहेमा जादा उनी आफूले पनि त्यस्तै गरी विवाह गर्ने इच्छा देखाउँथे ।

उनले आफुलाई विवाह गर्न मन लागेको कुरा परिवारसँग पनि जनाउथे धेरै कोसिस गर्दा पनि बेहुली पाउन नसकेपछि उनको परिवारले बिना बेहुली अजयको इच्छा पूरा गर्ने निर्णय गरे । विहेकै दिन उनि पुरै वेहुला बनेर सजिएका थिए । त्यसपछि उनलाई घोडामा बसालेर गाउँ घुमा पछि । अजय निकै रोमान्टिक मोडमा देखिन थाले उनको विहेको जन्तीको रुपमा २ सय जना सहभागी भए । उनको घर नजिकै सामुदायिक भवनमा भव्य भोजको आयोजना गरियो जहाँ करिब ८ सय जना सहभागी भए । यो विहे बिना बेहुली सम्पन्न भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *