समाचार

सबै राहतलाई शिक्षकलाई स्थायी गर्ने सरकारको योजना (भिडियो अन्तरवार्ता)

फागुन २१, काठमाण्डौ । सट्टा शिक्षकलाई माघ महिनासम्मको मात्र तलबभत्ता दिएर बिदा गर्न भन्दै फागुन ८ गते परिपत्र गरिएको थियो ।

सरकारले आफूहरुको रोजगारी खोसेको भन्दै सट्टा शिक्षकहरू लामो समयदेखि विरोधमा उत्रिएका छन् ।संधिानले प्रत्याभूत गरेको अधिकारसमेत सरकारले खोसेको भन्दै उनीहरू आक्रोशित भएका हुन् ।

बिभिन्न माग राख्दै आन्दोलनरत राहत शिक्षकहरु र प्रहरीबिच सोमबार पनि झडप भएको छ । सोमबार काठमाडौको नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबिच झडप भएको हो ।

संघिय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकहरुको पेशागत सुनिश्चीतताका लागी नीतिगत व्यवस्था गर्नुपर्ने माग गरिएको हो ।

रोजगार सबैको अधिकार भनेर प्रधानमन्त्रीले रोजगारका कार्यक्रम घोषणा गरेको दुई दिनपछि दशौं वर्षदेखि सेवा गरिरहेका एक हजार ५३ सट्टा शिक्षकहरु र ७५ जना अस्थायी स्रोत व्यक्तिहरुलाई हटाउने निर्णय गरेर बेरोजगार बनाउनुले सरकारको नीति नै विरोधाभाषपूर्ण देखिएको सरोकारवाला बताउछन् ।

यस विषयमा प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलाले सरोकारवालासँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *