समाचार

मुटु रोगीहरुको संख्या बढ्यो भन्दा नेपालमा चाहीँ घट्यो भन्ने बनाउन सक्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, ३१ भदौ । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले मुटु के हो भन्ने सबैले बुझेपनि मुटुलाई कसरी जोगाउन सकिन्छ भन्ने कुरा कमैलाई थाहा भएको बताए ।

सेभ द हार्टको पाँचौ वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले भने,“वास्तवमा मुटु के हो भन्ने कुरा हामी सबैलाई थाहा छ । तर, मुटुलाई कसरी जोगाउन सकिन्छ भन्ने थोरैलाईमात्रै थाहा छ ।”

सेभ द हार्टले यो छोटो अवधिमा देशको दुर्गमसम्म पुगेर आफ्नो सेवा दिईरहेको थाहा पाउँदा आफूलाई खुशी लागेको उनको भनाई थियो । उनले भने,“सेभ द हार्ट र यसका अध्यक्ष डाक्टर भट्टराईले यति छोठो समयमा यति धेरै काम गर्नुभएको रहेछ । यो कुरा हामीलाई आज यही कार्यक्रममार्फत थाहा भयो । यो संस्थाले यो छोटो समयमा गरेको कामप्रति मेरो हृदयदेखि नै सम्मान छ ।”

अध्यक्ष तिमिल्सिनाले राज्यले गर्नुपर्ने काम सेद द हार्टले गरिरहेको पनि बताए । उनले भने,“यो संस्थाले देशका विभिन्न कुना काप्चामा पुगेर दर्जनौं स्वास्थ्य शिविर सञ्चालन गरेर धेरै विरामीहरुको ज्यान जोगाएको छ । यसले विरामीहरुको पैसाको समेत बचत गरेको छ । रोग लाग्नुभन्दा रोग लाग्नै नदिने काम हामी सबैले गर्नुपर्छ । यो संस्थाको सामाजिक कार्य निकै लोभलाग्दो छ । यसबाट सबैले सिक्नुपर्छ ।”

अगामी दिनमा यो संस्थाले स्वास्थ्य शिक्षाबारे नसर्ने रोगका बारेमा जनचेतनामूलक कार्यक्रमलाई अलिक बढावा दिओस् भन्नेपनि उनले सुझाव दिए । उनले भने,“दुनियाँमा मुटुरोग, क्यान्सरलगायतका डरलाग्दा रोगहरु बढ्दै गैरहेको तथ्यांकले देखाउँछ । नेपालमा अब मुटु रोगको उपचारको लागि विदेश जानै नपर्ने भनेर यहाँ डाक्टरहरुले भन्नुभयो । वास्तवमा जटिल किसिमका मुटुरोगको उपचार नेपालमै सम्भवमात्रै नभएर अब विदेशबाट पनि यहाँ उपचार गराउन आउने वातावरण बनाउनुपर्छ ।”

उनले नेपालमा स्वास्थ्य शिक्षालाई अलिक बढि प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिएका छन् । उनले भने,“प्राथमिक तहदेखि नै स्वास्थ्य शिक्षालाई अघि बढाउनुपर्छ । स्वास्थ्यसम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु चलाउनुपर्छ । संसारमा मुटु रोगीहरुको संख्या बढ्यो भन्दा नेपालमा चाहीँ घट्यो भन्ने बनाउन सक्नुपर्छ ।”

संविधानको मौलिक हकमा प्रत्येक नेपालीको स्वास्थ्यसम्बन्धी अधिकारको सुनिश्चितता गरेकोले आफूहरु अहिले त्यही अनुसार अघि बढिरहेको पनि अध्यक्ष तिमिल्सिनाले जनाए । उनले भने,“संविधानमा जति कुरा मौलिक हकको रुपमा लेखिएको छ । र, अहिले हामीले कानुन पास गरेका छौं।”

त्यस्तै अध्यक्ष तिमिल्सिनाले संविधानले स्वास्थ्य सेवा र उपचार जनताको मौलिक हकका रुपमा उल्लेख गरेको र त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन राज्यको क्षमता वृद्धि गर्नुपर्ने बताए । उनले भने,‘संविधानले जनतालाई थुप्रै अधिकार दिएकाले सबैले राज्यप्रतिको आफ्नो दायित्व बिर्सनु हुँदैन् ।’

कार्यक्रममा बरिष्ठ मुटू रोग विशेषज्ञ डा. भट्टराईले आफ्नो संस्थाको उद्देश्य प्रकाश पार्दै आजसम्म संस्थाले गरेका स्वास्थ्य तथा सामाजिक कार्यहरु उपस्थिति महानुभावहरुमाझ सेयर गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *