समाचार
ओली-प्रचण्डले भने : भरोसायोग्य युवा नेताको निधन
काठमाडौँ, १५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको जनाएका छन् ।
अध्यक्षद्वयले आज जारी गर्नुभएको शोक वक्तव्यमा अधिकारीको निधनबाट पार्टी केन्द्रीय कमिटीका एक जना होनाहार सदस्य, विकासप्रेमी जनप्रतिनिधि गुमाएको उल्लेख गर्दै नेपालको कम्युनिष्ट आन्दोलनमा उनले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

