खेलकुद

पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल

पोखरा, १५ फागुन । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल थालिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने उल्लेख गरेकामा त्यसअनुरुप सरकारले पहल शुरु गरेको हो ।

क्रिकेट रङ्शाला निर्माणका लागि भरतपोखरीस्थित पशुपतिघाट क्षेत्रको जग्गा सरकारी टोलीले मङ्गलबार स्थलगत अवलोकन गरेको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन नेतृत्वको टोलीले स्थलगत रुपमै क्रिकेट मैदानको सम्भाव्यता अध्ययन एवं अवलोकन गरेको मन्त्रालयका उपसचिव तेजप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *