खेलकुद

विश्वकप फुटबल : स्वीजरल्यान्ड अन्तिम १६ मा प्रवेश

काठमाडौं, १४ असार । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा समूह ‘ई’ मा रहेका कोष्टरिका र स्विटजरल्यान्डबिचको समूह चरणको खेल बराबरी सकिएको छ। उनीहरूबीचको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको हो।

लगातार समूह चरणका खेलमा दुई हार बेहोरेको कोष्टारिकाले स्वीटजरल्यान्डलाई भने बराबरीमा रोकेको हो। यस समूहबाट कोष्टारिकासँगै सर्विया पनि नकआउट चरण पुग्न असफल भए।

आज भएको खेलमा स्वीजरल्यान्डले गोल गर्दै अग्रता लिएको थियो। खेलको ३१ औं मिनेटमा स्वीजरल्यान्डका डिजमाइलीले गोल गर्दै अग्रता दिलाएका हुन्।

एक गोलले अगाडी रहेको स्वीजरल्यान्डसँग कोष्टारिकाले दोश्रो हाफमा खेलको ५६ औं मिनेटमा बराबरी गोल फर्कायो तर खेलको ८८ औं मिनेटमा डर्मिकले गोल गरेपछि स्वीटजरल्यान्डले खेलमा फेरि अग्रता लिएको थियो। कोष्टारिकाका लागि बराबरी गोल वास्टनले गरे।

यसरी २–१ले पछाडी परेको अवस्थामा कोष्टारिकाले खेलको अतिरिक्त समयमा बराबरीको मौका पायो। कोष्टारिकाका लागि सो बराबरी गोल ९३ औङ मिनेटमा सोमेरले गरेका थिए। बराबरी खेलका कारण स्वीजरल्यान्ड समूहमा दोश्रो भएको छ। एजेन्सीको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *