खेलकुद
क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए : प्रचण्ड
ललितपुर, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन् ।

ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अध्यक्ष प्रचण्डले आज खुमलटारस्थित निवासमा भएको भेटमा राष्ट्रिय टोलीका खेलाडीलाई बधाई दिएका हुन् । उनले नेपालको ऐतिहासिक जीतले खुशी भएको बताए ।




