समाचार

उपनिर्वाचन अझै अनिश्चित, ३६ वडाध्यक्ष र ८६४ वडा सदस्य रिक्त

काठमाडौं ८ फागुन । निर्वाचनको करिब २ वर्ष पुग्न लाग्दा स्थानीय तहमा ३६ वडाध्यक्ष र ८ सय ६४ वडा सदस्य पद खालि छन्। सरकारले वडाध्यक्षको मात्र उपनिर्वाचन गराउने गरी संसद्बाट विधेयक पारित गराएको छ। सदस्यबारे विधेयक मौन छ।

निर्वाचन आयोगले वडा सदस्यको पनि उपनिर्वाचन गराउने प्रस्ताव सरकारसमक्ष पठाएको थियो। सरकार सदस्यबारे मौन बसेपछि ती जनप्रतिनिधिका पद पूर्ति गर्न कठिनाइ उत्पन्न भएको हो। कार्यकारी अधिकार प्राप्त वडाध्यक्ष नहुँदा ३६ वडाका काम प्रभावित छन्। १८ वडाध्यक्षको दुर्घटनामा मृत्यु भएको थियो भने १८ जना जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि रिक्त भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *