समाचार

बसुन्धरा हुमागाईकाे अध्यक्षतामा एकीकृत समाजवादी काभ्रेको ५८ सदस्यीय जिल्ला कमिटी निर्वाचित

चैत ,४
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) काभ्रेको १० औं जिल्ला अधिवेशन बाट बसुन्धरा हुमागाईकाे  अध्यक्ष्ातामा  ५८ सदस्यीय जिल्ला कमिटी  निर्वाचित  भएको छ।   

चैत ४ गते बनेपा स्थित अरनिको पार्टी प्यालेसमा भएको  बन्द सत्रबाट अध्यक्षमा बसुन्धरा हुमागाई,उपाध्यक्षमा रघुवर चौ प्रधान महिला उपाध्यक्षमा पासाङ ढाेल्माे लामा ,सचिवमा गाेकुल गौतम र तिनजना उपसचिवमा हरि गाेपाल प्रधानाङ्ग , कृष्ण बहादुर लामा र भेषराज शाह  निर्वाचित हुनु भएको हो ।

यस्तै युवा खुल्ला सदस्यमा विजय लामा , रामेश्वर आचार्य निर्वािचित हुनु भएको छ । भूगाेल तर्फ १२ वटै पालिकामा सर्वसम्मत एक महिला र एक पुरुष निर्वाचित भएका छन् । समावेशी र समानुपातिक हिसाबमा दलितत, खुल्ला , अपांग काेटामा निर्वाचन भएको थियो ।

मत गणना पश्चात् नव निर्वाचित पदाधिकारीहरुकाे नामावली केन्द्रीय निर्वाचन मण्डलका अध्यक्षले बाचन गरेर सुनाउन भएको थियो । पार्टीका केन्द्रीय उपमहासचिव तथा बागमती प्रदेशका इन्चार्ज  गंगालाल तुलाधरले  निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

नव निर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष माधव कुमार नेपालले पद तथा गाेपनियताकाे सपथ गराउनु हुने जिल्ला पार्टी कार्यालयले जनाएको छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *