समाचार
बजेट नआउँदा खानेपानी आयोजना अलपत्र
काभ्रेपलाञ्चोक, ५ फागुन / पुनःनिर्माण योजनाअन्तर्गत शुरु गरिएका जिल्लाका खानेपानी आयोजना थप बजेट नआउँदा अलपत्र अवस्थामा छन् ।

केन्द्रीय सरकारको पुनःनिर्माण शीर्षकको बजेटबाट विसं २०७३ देखि विभिन्न मितिमा शुरु गरिएका ९० खानेपानी आयोजनामध्ये हाल १० मात्रै सम्पन्न भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चौताराका प्राविधिक शिवप्रसाद शर्माले काभ्रेपलाञ्चोकमा बाँकी ८० खानेपानी आयोजनाको थप बजेट नआउँदा अलपत्र अवस्थामा रहेको बताउनुभयो ।

