समाचार
विदेशबाट आउँदा सुन ल्याउन पाउने नियम लागू, अब कारबाही हुँदैन ?
काठमाडौं । अब विदेशबाट आउँदा सुन ल्याउने पाउने भएको छ । सर्वोच्च अदालतको आदेशपछि सरकारले विदेशबाट फर्किँदा सुन ल्याउन पाउने व्यवस्थामा संशोधन गरेको छ । जसअनुसार अब ५० ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सार तिर्नुपर्दैन भने त्यसभन्दा माथि सय ग्रामसम्म ल्याएर भन्सार तिर्नुपर्ने छ । झिटिगुन्टा आदेशमा संशोधन गर्दै सरकारले अब सय ग्रामसम्म सुनका गहना भन्सार तिरर ल्याउन दिने व्यवस्था गरेको हो ।

यसअघि ५० ग्रामभन्दा बढी सुनको गहना लिएर आउँदा सिधै जफत गर्ने गरिएको थियो । सर्वोच्चले १० ग्रामसम्म सुनको गहाना भन्सार तिरर ल्याउन पाउने गरी व्यवस्था गर्न भनेपछि सरकारले नियम संशोधन गरेको हो । हाल विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । त्यसका लागि कर तिर्नुपर्छ ।

