समाचार
कर्णालीवासी अब रोगले मर्नु पर्दैनः मन्त्री रावल
सुर्खेत,२४ माघ ।कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशवासीले अब रोग र भोकले मर्नु नपर्ने बताउनुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य आपत्कालीन तथा विपद् इकाई तथा विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा आजदेखि सञ्चालित चारदिने ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीको उद्घाटन गर्दै मन्त्रीले रावलले कर्णालीका नागरिकको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।