समाचार
क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए : प्रचण्ड
काठमाडौँ,२२ माघ ।प्रेमको विषयमा विभिन्न समाचारहरू संचार माध्यममा आउनु अव समान्य जस्तै बनिसकेको छ । तर यहाँ एक प्रेमीले आफुलाई नसोधिकन फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेकै निहुँमा आफ्नी प्रेमिकाको दाँत झारिदिएका छन् । लिभरपुलका २९ वर्षे प्रेमी एन्ड्रयू म्याकनेयरले आफ्नी प्रेमिका लोइस एसटोनको तीनवटा दाँत झारिदिएका हुन् ।

म्याकनेयरलाई उक्त घटनापश्चात् ३६ महिनाको जेल सजाय तोकिएको छ । प्रेमिकाले दुईजनाको फोटो हटाएर फेसबुकमा आफ्नो मात्र फोटोराखेका कारण म्याकनेयर रिसाएका थिए ।‘उनी सुरुमा निकै मायालु थिए, मलाई निकै राम्रो व्यवहार गर्दथे । तर समय बित्दै जाँदा उनी परिवर्तन भए ।’ एसटोनले भनिन्, ‘उनले मलाई यसअघि पनि थुप्रै पटक पिट्ने गर्दथे । एक पटक उनले मलाई थप्पड हाने । अर्को पटक टाउकोमा खुट्टाले हाने । मैले त्यति बेला नै उनलाई छोडिदिने सोच बनाएको थिएँ तर उनी सधैँ फोन गरेर मसँग रोएर माफी माग्थे र मलाई उनको माया लाग्थ्यो ।’

