समाचार

प्रधानमन्त्रीलाई १३८ मत ,तेस्रोपटक पनि सरकार प्रमुख प्रचण्ड

फाल्गुन ३०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक विश्वासको मत लिनु भएको छ।आज संसद भवनमा भएको मतदानमा प्रधानमन्त्री प्रचण्डकाे पक्षमा १५७ मत खसेकाे थियो । विपक्षमा ११० मत खसेको थियो ।

प्रधानमन्त्री प्रचण्डले फाल्गुन २१ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी र जसपाको नयाँ गठबन्धन बनाउनु भएको थियो ।

अधिल्लाे सरकारकाे नेपाली काङ्ग्रेससँगकाे गठबन्धन ताेडेर नयाँ गठबन्धन सरकार गठन भएको छ। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत भए पुग्छ । तर उहाँले १९ मत बढी पाउनु भएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *