समाचार

प्रधानमन्त्रीको प्रतिक्षा गर्न संसदलाई कांग्रेसको आग्रह

काठमाडौं, १० माघ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रयास गरे आफूहरु सशक्त रुपमा अघि बढ्ने चेतावनी दिएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । शर्माले भने,‘“सरकार कठोर भए कांग्रेस गीताको श्लोक सुनाएर फर्किँदैन । हामी शालीनता र सशक्ततासँगै प्रस्तुत हुन्छौं । सरकारले बहुमतलाई अगाडि बढाउँदै गर्दा बहुमतको रातो झण्डा ओढाउने नाममा विवेकलाई सेतो काक्रो ओढाइन्छ भने सैह्य हुँदैन।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *