विश्वसमाचार

अमेरिकी स्पाइडरम्यानका लेखक स्ट्यान लीको मृत्यु

काठमाडौँ,२७ काक्तिक । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ। सन् १९६१ मा लीले मार्भल कमिक्सका लागि द फ्यान्टास्टिक फोरुको रचना गरे अनि स्पाइडरम्यानु र द इन्क्रेडिबल हल्कु शीर्षक अन्तर्गत कमिक लेखे।लस एन्जलसस्थित सिडर साइनाइ मेडिकल सेन्टरमा कमिक पुस्तकका बहुचर्चित लेखकको निधन भएको परिवारले जनाएको छ।

लीको पाव इन्टरटेन्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पप संस्कृतिका पिताु लीले पात्रहरूको ब्रह्माण्डु सिर्जना गरेकोमा उनको प्रशंसा गरे।प्रमुख कार्यकारी अधिकृत शेन डफीले लीसँग तुलना गर्न सकिने अर्को व्यक्ति नभएकोु बताए।

लीकी श्रीमती जोआनको ९५ वर्षको उमेरमा सन् २०१७ मा निधन भएको थियो। उनीहरूकी एकमात्र छोरी जेसी ली छिन्।मनोरञ्जनात्मक समाचार पस्कने टीएमजी वेबसाइटसँग कुरा गर्दै जेसी लीले आफ्ना बुवा एकदमै भद्र व्यक्तिु भएको बताइन्।

समाचार संस्था रोयटर्सलाई उनले भनिन्, मेरा बुवाले आफ्ना प्रशंसकहरूका लागि रचना गरिरहनुपर्ने दायित्व महसुस गर्नुभयो। पछिल्ला वर्षहरूमा निमोनियाँ लगायतका रोगबाट ली ग्रसित हुँदै आएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

रोमानियाबाट अमेरिका बसाइँसराइ गरेको एउटा कामकाजी परिवारमा सन् १९२२ मा लीको जन्म भएको थियो।टाइम्ली पब्लिकेसन्सको कमिक शाखामा उनले काम थाले र १८ वर्षको उमेरमा उनी कमिक्सका सम्पादक भए।कैयौँ वर्षसम्म उनले अपराध, डराउने कथा र पश्चिमा युवा लक्षित कथाहरूमा आधारित कमिक लेखिरहे।बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *