समाचार

ओलीले बालुवाटारमा गोविन्द केसीलाई थर्काएपछि….

काठमाडौं, २६ साउन । डाक्टर गोविन्द केसीले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । ओली र डाक्टर केसीबीच डेढ घण्टा लामो वार्तामा चिकित्सा स्वास्थ्यसम्बन्धी अन्तरंग छलफल भएको थियो ।
बैठकको सुरुवातमा प्रधानमन्त्री ओलीले उखान टुक्कासहित रोचक कुराकानी बढाएका थिए । ओलीले भने,‘चिकित्सा शिक्षा विद्येयक संसदबाट पारित हुन्छ । संसदले जे गर्छ, त्यही हुन्छ । मलाई धेरै दबाब नदिनुहोस् ।’

तर ओलीको बोली भुईँमा खस्न नपाउँदै डाक्टर केसीले पनि जंगिँदै भने,‘तपाईकै पालामा मैले पहिलोपटक अनशन बसेको हुँ । अहिले पनि मैले तपाईसँग यो सम्झौता गरेको छु । त्यसैले मसँग सरकारले गरेको सम्झौता तुरुन्त कार्यान्वयन हुनुपर्छ । यदि कार्यान्वयन भएन भने तपाईको कुर्सी हल्लाईदिन्छु ।’

ओलीले डाक्टर केसीलाई शान्त तुल्याउँदै धैर्यता राख्न आग्रह गरेका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाई धैर्य गर्नुहोस्, तपाईले अब अर्कोपटक अनशन बस्न नपर्नेगरि मैले सम्झौता गरेको छु ।’

ओलीसँगको बैठक सकिएलगत्तै बालुवाटारबाट बाहिरिने क्रममा डाक्टर केसीले भने सरकारबारे आक्रोश पोखे । उनले आक्रोशित हुँदै भनेका थिए,‘म जुन उत्साह लिएर बालुवाटार पसेको थिएँ । त्यो उत्साह कायम रहेन । म एकदमै निराश छु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *