समाचार

बक्सिङ र करातेपनि क्लिन स्वीप,नेपालको पदकको खडेरी टार्न असम्भव जस्तै

काठमाडौँ । १८औ‌ं एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपाल एकपछि अर्को पदक अपेक्षा गरेको खेलमा पदकविहीन हुँदा नेपालले गरेको पदकको आशा लगभग समाप्त भएको छ।

तेक्वान्दो जस्तै बढी पदकको अपेक्षा गरेको खेलहरु बक्सिङ र करातेपनि क्लिन स्वीप भएपछि अब नेपालको पदकको खडेरी टार्न असम्भव जस्तै बनेको हो । सोमबार भएको खेलमा अनु अधिकारी पदक भिडन्तको खेलमा हारेसँगै करातेका ८ खेलाडीका सबै इभेन्ट सकिएका छन्। अघिल्लो संसकरणको इन्चोन एसियाडमा विमला तामाङले करातेमा पदक दिलाउँदै नेपाललाई पदकविहीन हुनबाट बचाएकी थिइन्।

तर यो पटक करातेले उक्त विरासतलाई कायम राख्न सकेन्। अनु ५० केजी तौल समूहको क्वार्टरफाइनलमा चाइनिज ताइपेयीकी सैसुआङ गुसँग ७–२ ले पराजित भएपछि काताको रिपाचेमा कास्य पदकका लागि छनोट भइन्। तर कास्यपदक भिडन्तमा जापानकी मिहो मियाहारासँग ९–० को अन्तरले पराजित भइन्।

नेपालको अब पदकविहिन बनाउने कोसिस प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टले गर्ने छ। तर उसको प्रदर्शनपनि उत्कृष्ट हुन सकेको छैन्। आइतबारसम्म तेस्रो स्थानमा रहेको नेपाल सोमबार एक स्थान तल झर्दै चौंथोमा पुगेको छ। नेपाल जित निकाल्न पाँच चरण सम्म हुने स्पर्धामा कम्तीमा शीर्ष तीनमा रहनु पर्ने छ। खेलको चौंथो चरण मंगलबार हुने छ। एजेन्सि

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *