समाचार

कोशीको नाम बेचेर भारतीय माछाको स्वादिलो ब्यापार

भाण्टावारी । सुनसरी र सप्तरी जिल्लाको सीमानाको रुपमा रहेको सप्तकोशी नदीमाथि बनेको कोशी ब्यारेज घुम्न आउने वा त्यो बाटोबाट आउँजाउँ गर्दा सडक किनारमा लाग्ने माछा मेलाले कस्को मुखमा पो पानी नआउँला ?

सप्तकोशी नदीमा पाईने झिगा (प्राउन), काटी, जलकपुर, मरौड लगायतका प्रसिद्ध जातका माछा बिक्रीका लागि रातो बनाएर परैबाट आँखा पर्ने गरी पकाएर सजाई राखिएको देखिएपछि जो कोहीले मुख मिठ्याउनु स्वभाविक नै हो ।पछिल्लो समयमा कोशी घुम्न आउने सहित लामो दुरीका सार्वजनिक यातायातहरु समेत यात्रुहरुलाई खाजा खुवाउन कोशी ब्यारेज छेउमै दर्जन बढीको संख्यामा खुलेका झुप्रे पसलहरु अगाडि रोक्ने गर्दछन ।

हेर्दै खाउँखाउँ बनाएर सजाईका माछा अरु ठाँउका पसलहरु भन्दा महंगो भएपनि यात्रुहरुले कोशीको ताजा माछा भन्दै स्वाद मानेर खाने गर्दछन । जसका कारणले सो क्षेत्रमा माछाका परिकारहरुको खुल्ला ब्यापार राम्रै फस्टाएको छ ।तर कोशी ब्यारेज क्षेत्रमा फस्टाएको कोशीको चिसो ताजा माछाको ब्यापारको अन्तरकथा भने बेग्लै छ ।

पुर्वमा माछाका लागि प्रख्यात कोशी व्यारेज क्षेत्रमा पहिलेको तुलनामा माछाहरु पाउन छोडेको छ । अझै कोशीको स्पेशल भनिएको जलकपुर र काटी माछा तर दुर्लभ बन्दै गईरहेको छ । तर त्यस क्षेत्रमा खुलेका खाजा पसलहरुमा भने ति माछा सहज रुपमा र चाहिए जति पाईन्छ ।सप्तकोशीमा माझीले मार्दा मार्दै भेटिएको एक दुई किलो जलकपुर र काटी माछा एक हजार भन्दा महंगो मुल्यमा हारालुछ हुने गरेकोमा ति झुप्रे पसलमा ति माछा कसरी सहज रुपमा भने जति पाईन्छ त प्रश्न उठन थालेको छ ।

स्थानीय ब्यापारीहरु नाम त बताउँन चाहदैन तर निश्फिक्रि रुप भन्छन,‘ कोशी ब्यारेजमा मारेको माछा त किन्नै सकिदैन । यहाँको माछा किनेर त ब्यापार गर्नै सकिदैन । सबै भारतबाट माछा आउँछ, कोशी किनारमा ब्यापार भएकोले हामीहरु पनि कोशीकै माछा भनेर बेच्छौ, ग्राहकहरुले पनि कोशी कै माछा सम्झेर मज्जाले खान्छन ।’कोशी व्यारेज क्षेत्रमा माछा कम हुन थालेपछि विक्रीका लागि भारतीय क्षेत्रबाट ल्याउने लाईने गरिएको छ ।

ब्यारेजकै पश्चिम किनारमा खोलिएका ताजा माछाको पसलमा समेत ८० प्रतिसत माछा भारतीय नै हुने गरेका छन । तर त्यसको पहिचान गर्न नसक्दा कोशीकै माछा सम्झेर गाडी रोकेर समेत ग्राहकहरुले किनेर लैजाने गरेका छन । कोशीमा समेत माछाहरु घट्न थालेकोले भारतीय क्षेत्रबाट ठूलो परिमाणमा माछा आउन थालेको माछा व्यापारीहरु वताउँछन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *