समाचार
बाबुले गरे छोरीलाई दिउँसै बलात्कार, पीडित बालिकाको उपचार हुँदै

वीरेन्द्रनगर, २१ साउन । सुर्खेतको भेरीगंगा नगरपालिका-५ मा बालिकालाई बलात्कार भएको छ । सौतेलो बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।
राति उज्यालो देखिने, आँखालाइ असर नगर्ने, अगाडी गाडीको हेडलाइटले असर नगर्ने र दिउसो पनि लगाउने मिल्ने Rs 499/-Rayban…
Posted by AB'z Shop on Tuesday, August 7, 2018
बाख्रा गोठालो गएकी छोरीलाई घरमा बोलाएर ३० वर्षीय लोकेन्द्र दंगालले बलात्कार गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । ‘आमा उपचारका लागि नेपालगञ्ज गएको मौकामा दुई बहिनी गोठाला गएका रहेछन् र जेठी छोरीलाई घर बोलाएर जबर्जस्ती करणी गरेको पाइयो’ प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो ।
पीडित बालिकाको स्वास्थ्य उपचारका लागि मेहेलकुना अस्पतालमा राखिएको छ । आइतबार बिहान घटनास्थल पुगेर प्रहरीले पीडकलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ । –रासस